काठमाडौं, २८ चैत । चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन २०७४ सार्वजनिक भएको छ।
आज(बुधबार) शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेपछि प्रतिवेदन सार्वजनिक भएकाे हाे।
मन्त्रालयका प्रवक्ता केशव प्रसाद दहालले तत्कालै उक्त प्रतिवेदनमा समावेश भएका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्बद्ध सुझाव/सिफारिस कार्यान्वयन प्रक्रियामा लैजाने जानकारी दिए।
सरकारले २०७४ मा विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा चिकित्सा शिक्षाका विकृति विसंगतिको जाँचबुझ गरी सुझाव सहितको प्रतिवेदन बनाउन आयोग गठन गरेको थियो। तर,आयोगले प्रतिवेदन सरकारलाई बुझाए पनि सार्वजनिक भने भएको थिएन।
प्रतिवेदनः









