सय रुपैयाँ बढ्दै सुनको मूल्य नयाँ उचाइमा

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य १ सय रुपैयाँ प्रतितोलाका दरले बढेको छ। सोमबारको तुलनामा मंगलबार सुनको मूल्य १ सय रुपैयाँले बढ्दै थप उचाइमा पुगेको हो।

सोमबार छापावाल सुन प्रतितोला १ लाख ३६ हजार २ सय रुपैयाँका दरले कारोबार भएकोमा मंगलबारका लागि १ लाख ३६ हजार ३ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

महासंघका अनुसार तेजावी सुन प्रतितोला १ लाख ३५ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदीको मूल्यमा कुनै परिवर्तन नभएको महासंघले जानकारी दिएको छ।

महासंघका अनुसार मंगलबारका लागि चाँदीको मूल्य प्रतितोला १ हजार ६ सय ८५ निर्धारण गरिएको छ। सोमबार पनि चाँदीको कारोबार सोही मूल्यमा गरिएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्