कालिमाटीमा नेपालीभन्दा भारतीय आलु सस्तो

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं। कालिमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिले तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ। आइतबारका लागि निर्धारित थोक मूल्यसूची अनुसार नेपाली ठूलो गोलभेडाको औसत मूल्य ७५ रुपैयाँ प्रतिकेजी छ।

भारतीय ठूलो गोलभेडाको कारोबार दर पनि औसत ७५ रुपैयाँ नै रहेको छ। रातो आलु भने नेपालीको तुलनामा भारतबाट आयात भएको आलु सस्तो छ।

नेपाली रातो आलुको थोक मूल्य प्रतिकेजी औसत ४५ रुपैयाँ रहेकोमा भारतीय रातो आलुको मूल्य औसत ३९ रुपैयाँ प्रतिकेजी रहेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्