सिटिजन्स बैंकद्वारा मानव सेवा आश्रम विराटनगरलाई सहयोग

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनलले विराटनगरस्थित मानव सेवा आश्रमलार्ई सहयोग गरेको छ। बैंकले घरबारविहीन, अशक्त, असहाय, अनाथ करिब १३० नागरिकलाई आश्रय दिँदै आएकोे आश्रमलाई खाद्यान्नलगायत आवश्यक सामग्री सहयोगस्वरुप उपलब्ध गराएको हो। 

सहयोग सामग्री हस्तान्तरण गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले मानव सेवामा समर्पित संस्थालाई सानो भए पनि सहयोग गरिएको बताए। 

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्