पूर्वी नाकाबाट घट्यो पेट्रोलियम आयात

खबर बुक
  • ख-
  • ख
  • ख+

झापा। पूर्वी नाका झापाको काँकडभिट्टाबाट पेट्रोलियम पदार्थ आयात घटेको छ।

आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १ अर्ब २८ करोड ८४ लाख १० हजारको पेट्रोलियम पदार्थ आयात कम भएको मेची भन्सार कार्यालयले जनाएको छ।

काँकडभिट्टाबाट आयात हुने पेट्रोल, डिजेल, मट्टीतेल र एलपी ग्यास झापा, इलाम, पाँचथर र ताप्लेजुङमा स्थानीय पेट्रोल पम्पमार्फत बिक्री वितरण हुँदै आएको छ। 

मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार चालू आर्थिक वर्षको आठ महिनामा १३ अर्ब ३३ करोड १६ लाख ३३ हजारको पेट्रोल, डिजेल, मट्टीतेल र एलपी ग्यास आयात भएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्