प्राधिकरणले नेपाल एयरलाइन्सलाई सोध्यो २७ बुँदे स्पष्टीकरण

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौँ, १३ चैत । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई २७ बुँदे स्पष्टीकरण सोधेको छ ।

निगमले हवाई सुरक्षामा गम्भीर लापर्बाही गरेको भन्दै मंगलबार स्पष्टीकरण सोधेको हो । निगम व्यवस्थापनले सात दिनभित्र जवाफ दिनुपर्ने प्राधिकरणले जनाएको छ । 

निगमको कन्टिन्युइन एयरओर्थिनेस म्यानेजमेन्ट अर्गनाइजेसन डिपार्टमेन्ट ६ महिनादेखि नेतृत्वविहीन बनेको छ । सुरक्षासँग प्रत्यक्ष सरोकार राख्ने विभाग नै नेतृत्वविहीन हुँदा उडान सुरक्षामा असर पर्ने प्राधिकरणले निष्कर्ष छ । 

उक्त समयावधिमा जवाफ नदिए नागरिक उड्डयन नियमावाली २०५८ बमोजिम कारबाही हुने प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । 

चार महिनाअघि युरोपियन युनियन (ईयू)ले देखाएको कमीकमजोरीमा पनि उल्लेखनीय सुधार नगरेको भेटिएको छ । निगमले आफ्नो जहाज मर्मत सम्भारमा पनि लापर्बाही गर्दै आएको प्राधिकरणले जनाएको छ । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्