शेयर बजार १० अंकले बढ्यो, २ अर्ब ३५ करोड रुपैयाँको कारोबार

खबर बुक
  • ख-
  • ख
  • ख+

 काठमाडौँ, १३ चैत । पछिल्लो समय लगातार घटिरहेको शेयर बजार आज भने बढेको छ ।

शेयर बजार परिसूचक नेप्से आज १० दशमलव १४ अंकले बढेर दुई हजार ४१ दशमलव ७० बिन्दुमा पुगेको हो ।

आज फाइनान्स, जीवन बीमा र व्यापारबाहेक अरू सबै समूहको शेयर बढेको छ । सबैभन्दा धेरै सर्वोत्तम सिमेन्ट र दोल्ती हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

समग्रमा बजार बढेको दिन आज धौलागिरी लघुबित्तको शेयर साढे नौ प्रतिशतले घटेको छ । ६८ लाख ४२ हजार कित्ता शेयर दुई अर्ब ३५ करोड ४३ लाख रुपैयाँमा कारोबार भएका छन् । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्