प्याज निर्यातमा रहेको प्रतिबन्ध भारतले झन लम्ब्यायो

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं। भारतले गत डिसेम्बरमा प्याज निर्यातमा लगाएको प्रतिबन्ध थप लम्ब्याएको छ। गत शुक्रबार सूचना जारी गर्दै अर्को सूचना नआउन्जेसम्मका लागि प्याज निर्यातमा लगाइएको प्रतिबन्ध कायमै रहने उल्लेख गरेको छ। गत डिसेम्बरमा लगाइएको प्रतिबन्ध यही मार्च ३१ मा सकिँदै थियो।

सोभन्दा अघि नै सूचना निकालेर प्याज निर्यातमा रहेको प्रतिबन्ध कायमै रहने उल्लेख गरेको हो। यसअघि गत डिसेम्बरमा भारतीय बजारमा प्याजको मूल्य बढेपछि भारत सरकारले प्याज निर्यातमा रोक लगाएको थियो।

त्यसपछि प्याजको मूल्य ५० प्रतिशतले घटेको थियो। नेपाल, बंगलादेश, मलेसियालगायत मुलुक भारतीय प्याजमा निर्भर हुने गरेका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्