अमेरिकी डलरको सटही दर स्थिर, युरोको घट्यो

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं। सोमबार नेपाली बजारमा अमेरिकी डलरको मूल्य स्थिर रहेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी विनिमय दरअनुसार सोमबार अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ १९ पैसा तथा बिक्री दर १३३ रुपैयाँ ७९ पैसा कायम गरिएको छ। यसअघि आइतबार पनि अमेरिकी डलर सोही मूल्यमा कारोबार भएको थियो।

सोमबार युरोको मूल्य घटेको छ। सोमबारका लागि युरो १ को नेपाली खरिद दर १४३ रुपैयाँ ९४ पैसा तथा बिक्री दर १४४ रुपैयाँ ५९ पैसा निर्धारण गरिएको छ।

यसअघि आइतबार युरो १ को नेपाली खरिद दर १४४ रुपैयाँ १२ पैसा तथा बिक्री दर १४४ रुपैयाँ ७७ पैसा थियो। सोमबार युके पाउन्ड स्टर्लिङ १ को नेपाली खरिद दर १६७ रुपैयाँ ८६ पैसा तथा बिक्री दर १६८ रुपैयाँ ६२ पैसा तोकिएको छ। यसअघि आइतबार पाउन्ड स्टर्लिङ १ को नेपाली खरिद १६७ रुपैयाँ ६२ पैसा तथा बिक्री दर १६८ रुपैयाँ ३७ पैसा रहेको थियो।

सोमबार जापानी ऐन १० को नेपाली खरिद ८ रुपैयाँ ८० पैसा तथा बिक्री दर ८ रुपैयाँ ८३ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ। राष्ट्र बैंकका अनुसार सोमबारका लागि दक्षिण कोरियन १०० वनको नेपाली खरिद दर ९ रुपैयाँ ९० पैसा तथा बिक्री दर ९ रुपैयाँ ९५ पैसा निर्धारण गरिएको छ

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्