आठ महिनामा नेपालबाट एक खर्ब ६१ करोड ७४ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात

खबर बुक
  • ख-
  • ख
  • ख+

७ चैत, काठमाडौं ।चालु आर्थिक वर्ष २०८०÷०८१ को आठ महिनामा नेपालबाट एक खर्ब ६१ करोड ७४ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात गरिएको छ ।

यो अवधिमा १० खर्ब ३० अर्ब २२ करोड रुपैयाँको वस्तु तथा सेवा आयात गरिएको छ । नेपालबाट सबैभन्दा धेरै निर्यात गरिएको वस्तुको पहिलो नम्बरमा कार्पेट, उनलगायत अरू कपडा छन् ।

भन्सार विभागको तथ्यांकानुसार, फागुन मसान्तसम्म नेपालबाट ६ अर्ब ९२ करोड ८५ लाख २७ हजार रुपैयाँ बराबरको कपडाजन्य वस्तु निर्यात गरिएको छ । यसको परिमाण दुई लाख ७६ हनार ९३७ वर्गमिटर छ ।

दोस्रो नम्बरमा पाँच अर्ब १७ करोड ४५ लाख ७० हजार रुपैयाँबराबरको ३५ लाख ४५ हजार ४८० किलोग्राम अलैँची निर्यात गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्