काठमाडौं। बुधबार पनि अमेरिकी डलरको सटही दर बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी विनिमय दरअनुसार बुधबार अमेरिकी डलर १ को नेपाली खरिद दर १३२ रुपैयाँ ५६ पैसा तथा बिक्री दर १३३ रुपैयाँ १६ पैसा कायम छ।
यसअघि मंगलबार पनि सोमबारको तुलनामा डलर सटही बढेर खरिद दर १३२ रुपैयाँ ३६ पैसा तथा बिक्री दर १३२ रुपैयाँ ९६ पैसामा करोबार भएको थियो।
बुधबार युरो १ को नेपाली खरिद दर १४३ रुपैयाँ ७७ पैसा तथा बिक्री दर १४४ रुपैयाँ ४३ पैसा तोकिएको छ। युरोको सटही दर पनि मंगलबारको तुलनामा वृद्धि भएको राष्ट्र बैंकले जानकारी दिएको छ। मंगलबार युरो १ को नेपाली खरिद दर १४४ रुपैयाँ ३३ पैसा रहेको थियो।











