वैदेशिक व्यापारमा संकुचन कायमै, ८ महिनामा ९ खर्ब व्यापार घाटा

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं। नेपालको वैदेशिक व्यापार घाटा ९ खर्ब २९ अर्ब रुपैयाँ नाघेको छ।

भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म ८ महिनामा व्यापार घाटा ९ खर्ब २९ अर्ब ६० करोड ५२ रुपैयाँ नाघेको हो।

उक्त व्यापार घाटा गत वर्षको सोही अवधिमा २.५२ प्रतिशतले कम हो। गत वर्षको साउनदेखि फागुनसम्म नेपालको व्यापार घाटा ९ खर्ब ५३ अर्ब ५८ करोड ९३ लाख ३७ हजार रुपैयाँ रहेको थियो।

चालु आर्थिक वर्षमा वैदेशिक व्यापारमै संकुचन आएका कारण व्यापार घाटा पनि कम भएको छ। गत आर्थिक वर्षको ८ महिनाको तुलनामा यस वर्ष २.७८ प्रतिशतले नेपालको वैदेशिक व्यापार घटेको भन्सारको तथ्यांक छ।

चालु आर्थिक वर्षको ८ महिनामा कुल ११ खर्ब ३० अर्ब ८४ करोड १ लाख ४४ हजार रुपैयाँ बराबर नेपालको वैदेशिक व्यापार भएको छ। गत वर्षको सोही अवधिमा ११ खर्ब ६३ अर्ब १८ करोड १७ लाख २३ हजार रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो।

चालु वर्षको यस अवधिमा नेपालमा कुल १० अर्ब ३० अर्ब २२ करोड २६ लाख ९९ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ। त्यस्तै १ खर्ब ६१ करोड ७४ लाख ४५ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको भन्सार विभागको तथ्यांक छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्