सुन तस्करीको अनुसन्धानमा संलग्न सीआईबीका सबैलाई सरुवा गरिने

खबर बुक
  • ख-
  • ख
  • ख+

६ चैत, काठमाडौं । सुन तस्करी जाँचबुझ आयोगले सुनको अनुसन्धानमा खटिएका केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का सबै कर्मचारीलाई सरुवा गर्नुपर्ने सिफारिस गरेको खुलेको छ ।

१ चैतमा गृह एवम् उपप्रधान मन्त्री रवि लामिछानेलाई पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको आयोगले प्रतिवेदन बुझाएको थियो ।

४८५ पृष्ठ लामो प्रतिवेदनमा सीआईबीका चार प्रहरी अधिकृतलाई विभागीय कारबाहीका लागि सिफारिस गर्नुका साथै अनुसन्धानमा खटिएका सबै प्रहरीहरुको सरुवा गर्नुपर्ने उल्लेख गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्