काठमाडौं, १ चैत । पूर्व पश्चिम राजमार्ग अन्तर्गत कर्णाली चिसापानी पुलको अध्ययन र मर्मत सम्भारको लागि नेपालमा जनशक्तिको अभाव रहेको छ ।
पुल जापान सरकारले बनाइदिएको र अमेरिकाको इञ्जिनियरिङ प्रयोग भएकाले नेपालमा यसको अध्ययन र मर्मत सम्भारका लागि विज्ञ र कामदारको समेत अभाव रहेको सडक विभागका उपमहानिर्देशक तथा पुल महाशाखाका प्रमुख ललिजन खनालले उज्यालोलाई जानकारी दिनुभयो ।











