९ रुपैयाँ युनिटका दरले नेपालको बिजुली किन्न बंगलादेश सकारात्मक

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, २९ फागुन । ९ रुपैयाँ युनिटका दरले नेपालको बिजुली किन्न बंगलादेश सकारात्मक देखिएको छ। यसअघि मूल्यको विषयमा छलफल गर्न नेपाल विद्युत प्राधिकरणको टोली बंगलादेश पुगेका बेला प्रतियुनिट ८ रुपैयाँ ९६ पैसादेखि ९ रुपैयाँ २८ पैसाका दरले बिजुली किन्न बंगलादेशलाई प्रस्ताव गरिएको थियो।

गत फागुन ९ प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोली बंगलादेश गएको थियो। त्यतिबेला बंगलादेशले नेपालबाट बर्खाको समयमा ४० मेगावाट बिजुली किन्ने सहमति भए पनि मूल्यको विषयमा सहमति जुट्न सकेको थिएन।

हालै विश्व बैंकले ऊर्जासम्बन्धी गरेको कार्यक्रममा सहभागी नेपाली प्रतिनिधि र बंगलादेशी प्रतिनिधबीच बिजुलीको मूल्य सम्बन्धमा छलफल भएको थियो। सचिवस्तरिय छलफलमा बंगलादेश करिब ९ रुपैयाँमा बिद्युत खरिद गर्न सकारात्मक देखिएको हो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्