काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफू गिरफ्तारी दिनका लागि काठमाडौं आएको बताएका छन्।
आइतबार झापाबाट काठमाडौं आएका प्रसाईंले त्रिवि विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आफू केही दिनपछि मात्र काठमाडौं आउने तयारी भए पक्राउ पर्ने खबरपछि काठमाडौं आएको बताएका हुन्।
नयाँ गठबन्धनमार्फत नयाँ मन्त्रिमण्डल विस्तार भएसँगै आफूलाई पक्राउ गर्ने हल्ला चलाएकाले पक्राउका लागि तयार भएर काठमाडौं आएको प्रसाईंको भनाइ छ।
पक्राउ दिन दुर्गा प्रसाईं तयार छ। म टाइगर हो,’ प्रसाईंले भने, ‘रविजीलाई मलाई समय दिनुस् म फाइल बुझाउँछु। तर, फाइल खोल्ने आँट गर्नुस्।’
विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं केही महिनादेखि मारवाडी समुदायमाथि विभिन्न लान्छना लगाउँदै आएका छन्।
आफ्नो व्यवसाय सञ्चालन गर्न लिएको ऋण तिर्न बैंकले ताकेता गरेपछि एकाएक भड्किएका प्रसाईंले बैंकलाई ठगको उपमा दिएका छन्।
२० लाख मुनिका ऋण छुट दिनुपर्ने विषय उठाउँदै आएका प्रसाईंले यसअघि बैंकरलाई कालोमोसो दल्ने अभियान नै चलाएका थिए।











