केन्द्रीय बैंकले ८ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्दै

खबर बुक
  • ख-
  • ख
  • ख+

 नेपाल राष्ट्र बैंकले ८ वर्षे अवधिको ‘विकास ऋणपत्र २०८८ झ’ बोलकबोल प्रक्रियाबाट बिक्री गर्ने भएको छ।

८ अर्ब रुपैयाँ बराबरको उक्त ऋणपत्र धितो राखी कर्जा लिन वा दिनसमेत पाइनेछ। ब्याजदर समेत बोलकबोल प्रक्रियाबाटै निर्धारण हुने केन्द्रीय बैंकले सूचनामार्फत जानकारी गराएको छ।

बैंक तथा वित्तीय संस्था, गैर बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले उक्त ऋणपत्र खरिद गर्न सक्नेछन्। फागुन २९ गते अपरान्ह बोलकबोल हुनेछ।

ऋणपत्रको साँवा भुक्तानी २०८८ फागुन ३० गते हुनेछ। अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुने र त्यसमा ब्याज करसमेत लाग्नेछ। ऋणपत्र घटीमा  ५० हजार रुपैयाँ र बढीमा कूल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग जाने अंक बराबर खरिद गर्न सकिनेछ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्