नेदरल्यान्ड्सलाई नेपालले दियो १८५ रनको लक्ष्य

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, २२ फागुन ।नेपाललाई नेदरल्यान्ड्सलाई १८५ रनको लक्ष्य दिएको छ। त्रिकोणात्मक सिरिजको फाइनलमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन बनाएको हो।

नेपालका लागि  आसिफ शेखले ३७ बलमा ४७ रन बनाए। त्यस्तै गुल्शन झा ३४, कुशल मल्ल २६ तथा कप्तान रोहित पौडेलले २५ रनको योगदान दिए। नामिबियालाई हराएर नेपाल फाइनलमा पुगेको थियो। त्यस्तै नामिबियासँगको खेल वर्षाका कारण रद्द भएपछि अंक बाँडेर नेदरल्यान्ड्स फाइनलमा पुगेको हो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्