साफ यू१६ महिला च्याम्पियनसिप अन्तर्गत लिग चरणको दोस्रो खेलमा भुटानमाथी नेपालको जित

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, फागुन २१ । साफ यू१६ महिला च्याम्पियनसिप अन्तर्गत लिग चरणको दोस्रो खेलमा नेपालले भुटानलाई पराजित गरेको छ ।

सोमबार एन्फा कम्पलेक्समा भएको खेलमा नेपालले भुटानलाई ३–० गोल अन्तरले पराजित गरेको हो । नेपालका लागि पुजा गिरी, भुमिका बुढाथोकी र ग्यान्सु डोल्मा लोले १–१ गोल गरिन् । जितसंगै अंकतालिकामा नेपालको ३ अंक भएको छ ।

त्यसअघि पहिलो खेलमा नेपाल बंगलादेशसंग २–० ले पराजित भएको थियो । प्रतियोगीता अन्तर्गत मंगलबार भारत र बंगलादेश खेल्नेछन् । लिगचरणको अन्तिम खेल नेपालले फागुन २४ गते भारतसँग खेल्ने छ ।

शीर्ष दुई टोलीले उपाधीका लागि प्रतिष्पर्धा गर्ने एन्फाले जनाएको छ । शीर्ष दुई टोलीबीच आइतबार फाइनल हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्