एमएलएसकाे पहिलो खेलमा इन्टर मायामी विजयी

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौ, १० फागुन । अमेरिकी ब्यवसायीक लिग फुटबल मेजर लिग सकर (एमएलएस) को नयाँ सिजन सुरु भएको छ । नयाँ सिजनको आफ्नो पहिलो खेलमै अर्जेन्टिनी स्टार लियोनल मेस्सीको क्लब इन्टर मियामीले जित हासिल गरेको छ ।

एमएलएसको उद्घाटन खेलमा इन्टर मियामीले रियल साल्ट लेकलाई २–० गोलले हराएको हो । जितबाट तीन अंक हात पार्दै इन्टर मियामी तालिकाको पहिलो स्थानमा आसिन छ ।

रियल साल्ट लेकविरुद्धको खेलमार्फत लुइस स्वारेजले इन्टर मियामीका लागि ‘डेब्यू’ गरेका थिए । रियल साल्ट लेक १५ वर्षपछि एमएलएसको आफ्नो पहिलो खेलमै पराजित भएको हो । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्