काठमाडौँ, ९ फागुन। ७ महिनामा ६ हजारभन्दा बढी विद्युतीय गाडी नेपाल भित्रिएका छन्।
भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि माघसम्मको तथ्यांकअनुसार नेपालमा ६ हजार १ सय ५९ विद्युतीय गाडी भित्रिएका हुन्।
सात महिनाको उक्त तथ्यांकमा विद्युतीय कार, जिप र भ्यानलगायत रहेका भन्सार विभागलले जानकारी दिएको छ।
उक्त परिमाणमा आयात भएको विद्युतीय गाडीका लागि नेपालबाट १५ अर्ब ४ करोड ९ लाख ४६ हजार रुपैयाँ बाहिरिएको छ। सोमार्फत सरकारले ६ अर्ब ६२ करोड ८० लाख ३० हजार रुपैयाँ राजस्व संकलन गरेको छ।
विद्युतीय गाडी आयातको उक्त तथ्यांक गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३ गुणा बढी हो। गत आर्थिक वर्षको साउनदेखि माघसम्म २ हजार ९ वटा विद्युतीय गाडी आयात भएका थिए।











