काठमाडौं, फागुन ५ । नेपाल आयल निगम लिमिटेडको रिक्त कार्याकारी निर्देशक पदका लागि गठित पदपूर्ति समितिले व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्तापछि अन्तिम तीन उम्मेदवारको टुंगो लगाएको छ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद दुवाडी शर्माको संयोजकत्वमा गठित समितिले दरखास्त दिएका १३ उम्मेदवारको गत २ फागुनदेखि शनिबार बिहानसम्म व्यावसायिक कार्यायोजना प्रस्तुतीकरण र अन्तर्वार्ता लिएको थियो।
त्यसमध्ये गोरखाका चण्डिकाप्रसाद भट्ट, चितवनका डोलप्रसाद चापागाईं र ललितपुरका शत्रुध्नप्रसाद पुडासैनीलाई नियुक्तिका लागि सिफारिस गरेको हो। समितिले गरेको सिफारिसअनुसार निगमको कार्यकारी निर्देशक नियुक्तिका लागि उद्योगमन्त्री रमेशप्रसाद रिजालले आगामी मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेस गर्ने तयारी गरेका छन्।












