बचतकर्ताको सवा १ अर्ब बढी रकम हिनामिना गर्ने सुप्रिम सहकारीका अध्यक्ष पक्राउ

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, फागुन ५ । रुपन्देही प्रहरीले बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र भैरहवा शाखाका व्यवस्थापकलाई बचतकर्ताको सवा १ अर्ब बढी रकम हिनामिना आरोपमा पक्राउ गरेको छ।

बचतकर्ताको उजुरीपछि सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखाका व्यवस्थापक दुर्गा चापागाईं पाण्डेयलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले पुष्टि गरे।

गुरुङ र पाण्डेयलाई पक्राउ गर्न लुम्बिनी प्रदेशको सहकारी रजिस्ट्रार कार्यालय र बचतकर्ताले प्रहरी गुहारेका थिए।

रूपन्देही, कपिलवस्तुलगायत जिल्लाका १० हजार ३९१ जना बचतकर्ताको १ अर्ब ७ करोड ८२ लाख ६७ हजार ७२९ रुपैयाँ हिनामिना गरी संस्थापक अध्यक्ष गितेन्द्रबहादुर (जिबी) राई भने हालसम्म सम्पर्कविहीन रहेका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्