विश्वकप लिग–२ क्रिकेटमा राम्रो नतिजा आउने कप्तान र प्रशिक्षककाे विश्वास

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, २ फागुन । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान र प्रशिक्षकले विश्वकप लिग–२ क्रिकेटमा राम्रो नतिजा आउने विश्वास गरेका छन् ।

प्रतियोगीता अघि बुधबार काठमाडौंमा आयोजित प्रिम्याचमा उनीहरुले लिग–२ को तयारी राम्रो भएको र नतिजा पनि राम्रो आउने बताएका हुन् । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले टीमले राम्रो तयारी गरेको बताए । उनले क्यानडासंगको खेलले पनि खेलाडीहरुलाई थप अभ्यास मिलेको जनाए ।

त्यस्तै मुख्य प्रशिक्षक मोन्टी देशाईले विश्वकप लिग–२ नेपालका लागि निकै महत्वपूर्ण भएकाले राम्रो तयारी भएको बताए । उनले नामिबिया र नेदरल्याण्ड्स निकै राम्रो टीम भएकाले राम्रो क्रिकेट प्रदर्शन गर्ने जिकिर गरे ।

त्यस्तै नामिबिया र नेदरल्याण्ड्सका कप्तान र प्रशिक्षकहरुले पनि खेलका लागि आफूहरु उत्साहित भएको र राम्रो नतिजा आउने बताएका छन् । आईसीसी विश्वकप लिग–२ क्रिकेट बिहीबारबाट सुरु हुँदै छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्