काठमाडौं, १ फागुन । राष्ट्र बैंकले मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ ।
अब संस्थागत मुद्दतीको ब्याजदर व्यक्तिगत मुद्दतीको १ प्रतिशत बिन्दुसम्म मात्रै कम राख्न पाइने भएको छ। आज सार्वजनिक मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत केन्द्रीय बैंकले उक्त व्यवस्था गरेको हो।
हाल व्यक्तिगत मुद्दतीमा दिएको अधिकतम ब्याजदरको २ प्रतिशत बिन्दुभन्दा कम मात्रै संस्थागत ब्याजदर दिन सक्ने व्यवस्था छ।
ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन २०८० फागुनदेखि स्थायी निक्षेप सुविधालाई कार्यान्वयनमा ल्याइने पनि केन्द्रीय बैंकले समिक्षामार्फत उल्लेख गरेको छ।
केन्द्रीय बैंकले आन्तरिक एवं बाह्य आर्थिक स्थिति र परिदृश्य तथा पहिलो त्रैमासिक समीक्षाको क्रममा गरिएका नीतिगत व्यवस्थालाई दृष्टिगत गरी ब्याजदर करिडोरअन्तर्गतका दरलाई यथावत राखेको छ। अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई पनि यथावत राखिएको छ। समीक्षामार्फत केही नीतिगत परिवर्तन गरिएको छैन।
पूर्ण पाठ











