टाटाले घटायो इलेक्ट्रिक गाडीको मूल्य

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, फागुन १। टाटा मोटर्सले भारतमा विद्युतीय प्यासेन्जर गाडीको मूल्य घटाएको छ। कम्पनीले आफ्नो टप सेलिङ इलेक्ट्रिक गाडी नेक्सन इभीको मूल्य १ लाख २० हजारसम्म कम गरेको छ। 

अव नेक्सन इभी (सट रेन्ज)को सुरुआती मूल्य १४ लाख ४९ हजार पुगेको छ भने त्यस्तै लङ रेन्जको सुरुआती मूल्य १६ लाख ९९ हजार पुगेको छ। कम्पनीको घोषणासँगै अब भारतीय ग्राहकले कम मूल्यमा गाडी किन्न पाउनेछन्। 

त्यसैगरी कम्पनीले फास्टेस्ट सेलिङ कार टियागो इभी सबैभन्दा सस्तो भेरियन्टको मूल्य पनि घटाएको छ। टाटा मोटर्सले यसको मूल्य ७० हजार घटाएको हो। मूल्य घटेपछि यसको मूल्य ७ लाख ९९ हजार पुगेको हो। 

केही समयअघि मात्र एमजी मोटर इन्डियाले पनि आफ्नो सस्तो मोडल कोमेटको मूल्य घटाएर ७ लाख बनाएको थियो। त्यस्तै, टाटा मोटर्सले पञ्च इभीको मूल्य भने यथावतै राखेको छ। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्