काठमाडौं, १ फागुन ।प्रभु इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १० करोड ८६ लाख १२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीको खुद नाफा ३९.७४ प्रतिशतले बढेको हो।
कम्पनीले अघिल्लो वर्षको यसै अवधिमा ७ करोड ७७ लाख २५ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। खुद बिमाशुल्क आर्जन बढेपछि कम्पनीको खुद नाफा बढ्न सहयोग पुगेको हो।
कम्पनीका अनुसार यस अवधिमा खुद बिमाशुल्क आर्जन १००.६१ प्रतिशतले बढेर ४२ करोड ९२ लाख ८९ हजार रुपैयाँ पुगेको छ।
अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले २१ करोड ३९ लाख ९५ हजार रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको थियो। कम्पनीको चुक्ता पुँजी १ अर्ब ३७ करोड ६१ लाख २२ हजार रुपैयाँ छ।











