काठमाडौं, १ फागुन । नेपालमा गरिबीको दर २० दशमलव २७ प्रतिशतमा झरेको तथ्याङ्क सार्वजनिक भएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपाल जीवनस्तर सर्वेक्षण २०७९÷८० को तथ्याङ्क सार्वजनिक गर्दै गरिबी दर घटेको बताएको हो ।
यसअघि तेस्रो जीवनस्तर सर्वेक्षण २०६६÷६७ ले गरिबी दर २५ दशमलव २ प्रतिशत रहेको देखाएको थियो । प्रदेशका आधारमा सबैभन्दा कम गरिबी गण्डकी र सबैभन्दा बढी सुदूरपश्चिममा देखिएको छ।
त्यस्तै, शहर र गाउँको तुलनामा सबैभन्दा कम काठमाडौमा सात प्रतिशत र सबैभन्दा धेरै सुदूरपश्चिमका गाउँमा ४० प्रतिशत गरिब रहेको तथ्याङ्कमा उल्लेख छ ।
सर्वेक्षणका अनुसार धनी र गरिबबीचको असमानता नाप्ने जिनी सूचक शून्य दशमलव ३० पुगेको छ । यसले असमानता केही घटेको देखाएको हो ।यसअघि जिनी सूचक शून्य दशमलव ३३ थियो ।
न्युज कारखाना











