विमानस्थल सुरक्षा प्रमुख फेरिए, कृष्णहरिले पाए जिम्मेवारी

खबर बुक
  • ख-
  • ख
  • ख+

 काठमाडौँ, २७ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रमुखको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्मा पोखरेलले पाएका छन्। 

नक्कली भिसा सेटिङमा अध्यागमन विभागका कर्मचारीसँग कुटाकुट भएको विषय सार्वजनिक भएसँगै छानबिन गर्दा प्रहरीलाई दोषी देखाइएपछि राजीनामा घोषणा गरेका यसअघिका सुरक्षा प्रमुख प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दलाई प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभागमा सरुवा गरिएको छ।

चन्दको राजीनामा अस्वीकार भएपछि उनको सट्टामा विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी पोखरेललाई दिइएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले बताए।

प्रवक्ता ढकालका अनुसार विमानस्थलमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक दीपशमशेर जबरालाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा शुक्रबार सरुवा गरिएको र बागमती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौली सिन्धुलीबाट पोखरेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा सरुवा गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्