काठमाडौं, माघ २४ । प्रभु समूहका कम्पनीको सेयर भएकालाई कम्पनीले बनाउन लागेका विभिन्न केबलकार परियोजनामा लगानी गर्ने अवसर दिएको छ।
केबलकार बनाउने उद्देश्यले स्थापित ‘प्रभु केबलकार एन्ड टुरिज्म लिमिटेड’ले प्रभु समूहका सेयरधनीलाई एसएमएस सन्देश र फोनमार्फत केबलकार परियोजनामा लगानीका लागि आग्रह गरेको छ। तर, यो प्रभु (देवीप्रकाश भट्टचन) समूहको भने होइन।
प्रभु केबलकार एन्ड टुरिजमले तीन वटा छुट्टाछुट्टै केबलकार बनाउने योजना अघि सारेको छ। रामेछाप मूलकोट बजारबाट खाँडादेवी मन्दिरसम्मका लागि ४ किलोमिटर लामो केबलकार परियोजना बनाउन खाँडादेवी केबलकार प्रोजेक्ट बनाएको छ।
त्यस्तै, प्रभुको अग्रसरतामा सिद्धार्थ केबलकार प्रोजेक्ट अघि सारेको छ। यस योजनाअन्तर्गत केबलकार नेपाली सेनाका कर्णेल उजिर सिंहको कमान्डमा ब्रिटिस फौजलाई परास्त गरेको जितगढी किल्ला र राजा मणिमुकुन्द सेनको शीतकालीन दरबारको शिर हुँदै मणिमुकुन्द सेनको गृष्मकालीन दरबार रहेको पाल्पाको नुवाकोटसम्म पुग्नेछ। सोही कारण प्रभुले सिन्धुलीमा सिद्धबाबा केबलकार प्रोजेक्ट अघि गाभिने प्रक्रिया अघि बढेको जनाएको छ।











