एनआइबिएल स्टेबल फन्ड इकाइ बाँडफाँट, आवेदन दिने सबैले पाए सेयर

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, माघ २४ ।। नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको सहायक कम्पनी एनआइएमबी एस क्यापिटलको व्यवस्थापनमा निष्कासन भएको बन्दमुखी योजना ‘एनआइबिएल स्टेबल फन्ड’ को इकाइ बाँडफाँट गरिएको छ।

कम्पनीको इकाइमा आवेदन दिएका ३९ हजार २७१ जना आवेदकले मागबमोजिम सेयर पाएका छन्। कम्पनीले बिउपुँजीसहित कुल १० करोड इकाइ माघ २ देखि १६ सम्म निष्कासन गरेको थियो।

यसमध्ये १ करोड ४० लाख इकाइ कोष प्रवर्द्धक नेपाल इन्भेस्टमेन्ट मेगा बैंकलाई सुरक्षित गरी बाँकी ८ करोड ५० लाख इकाइ सर्वसाधारणलाई खुला गरेको थियो।

तर, ३९ हजार २७१ जना सर्वसाधारण आवेदकले मागभन्दा बढी आवेदन दिएपछि योजनाको आकार बढाएर मागअनुसार बाँडफाँट गरिएको कम्पनीले जनाएको छ।

सर्वसाधारणले ९ करोड ५८ लाख ४९ हजार १६० इकाइका लागि आवेदन दिएका थिए। इकाइ बाँडफाँटपछि योजनाको आकार १ अर्ब १३ करोड रुपैयाँ अर्थात् ११ करोड ३० लाख इकाइ कायम गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्