सात महिनामै बंगलादेशको निर्यात ३३.२६ अर्ब डलर पुग्यो

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, २३ माघ ।बंगलादेशले जनवरीमा मात्रै  ५.७२ अर्ब अमेरिकी डलर मूल्यका सामान निर्यात गरेको छ। यो वार्षिक तथ्यांकको आधारमा ११.४५  प्रतिशतले बढी हो।

सन्  २०२३÷०२४  को आर्थिक वर्षको पहिलो सात महिनामा सन् २०२३ जुलाईदेखि सन् २०२४ जुनसम्म बंगलादेशको कुल निर्यात वार्षिक आधारमा २.५२ प्रतिशतले बढेर ३३.२६ अर्ब डलर पुगेको निर्यात प्रवद्र्धन विभाग (इपिबी) ले जनाएको छ।

निर्यात वृद्धिको श्रेय केही हदसम्म तयारी कपडा क्षेत्रले देखाएको राम्रो प्रदर्शनलाई दिइएको छ। बंगलादेशले सन् २०२३ जुलाई–जनवरीसम्मको अवधिमा तयारी कपडाको निर्यातबाट २८.३६ अर्ब डलर कमाएको छ। यो अघिल्लो वर्ष २७.४२ अर्ब डलर मात्र थियो।

बंगलादेशले आर्थिक वर्ष २०२३/२४ मा आफ्नो निर्यात लक्ष्य ६२ अर्ब डलर राखेको छ। यसमा तयारी पोसाक उत्पादनबाट मात्र ५२ अर्ब डलरभन्दा बढी आम्दानी गर्ने लक्ष्य छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्