शेयर बजार दाेहाेराे अङ्कले बढ्याे, काराेबार रकम भने घट्याे

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, २२ माघ । शेयर बजार आज दोहोरो अङ्कले बढेको छ ।

लगातार तीन दिन घटेको शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ५७ अङ्कले घटेर दुई हजार ७६ दशमलव ५७ विन्दुमा पुगेको छ ।

आज होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, म्युचल फन्ड र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर बढेको छ । आज नेपाल टेलिकम, पिपुल्स पावर लिमिटेड र समाज लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार घटेको दिन आज स्वाभिमान लघुवित्तको शेयर सबैभन्दा धेरै साढे छ प्रतिशतले घटेको छ ।

आज शेयर बजार बढे पनि कारोबार रकम भने घटेको छ । आज ७४ लाख ९१ हजार कित्ता शेयर दुई अर्ब ४३ करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्सको १८ करोड ५९ लाख रुपैयाँको शेयर किनबेच भयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्