काठमाडौं, माघ १७ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकपको सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशसँग ५ विकेटको हार व्यहोरेको छ ।
नेपालले दिएको एक सय ७० रनको लक्ष्य बंगलादेशले २५.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।
नेपालले अब दोस्रो तथा अन्तिम खेलमा भारतसँग प्रतिस्पर्धा गर्ने छ ।











