चर्च ब्वाइज आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, १६ माघ । चर्च ब्वाइज युनाइटेड आहारारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार पोखरा रंशालामा नेपाल पुलिस क्लबलाई १–० ले हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा प्रवेश गरेको हो । चर्च ब्वाइजलाई सेमिफाइनलमा पु¥याउन खेलको एक मात्र निर्णायक गोल समिर तामाङले ७२ औं मिनेटमा गरे । पोखरा गोल्डकपको सेमिफाइनलमा चर्चब्वाइजसँगै थ्रीस्टार, नेपाल आर्मी र जावलाखेल युथ क्लब पुगेका छन् ।

चर्च ब्वाइजले बिहीबार त्रिभुवन आर्मी क्लबसँग फाइनल प्रवेशका लागि खेल्ने छ । त्यस्तै पहिलो सेमिफाइनलमा बुधबार थ्रीस्टार क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताका विजेताले रु १२ लाख एक हजार र उपविजेताले रु छ लाख एक हजार प्राप्त गर्ने आयोजक सहारा क्लबले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्