गभर्नर अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर रिट निवेदनको पूर्ण सुनुवाइ स्थगित

खबर बुक
  • ख-
  • ख
  • ख+

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर रिट निवेदनको पूर्ण सुनुवाइ स्थगित भएको छ ।

यसअघि १० गतेका लागि पूर्ण सुनुवाइको लागि पेसी तोकिए पनि हर्न नभ्याइने सूचीमा पर्दै आजका लागि सुनुवाइ मिति तोकिएको थियो । अधिवक्ता दिपकराज जोशीसमेत ३ जनाले दायर गरेको रिट आजका लागि स्थगित सूचीमा परेको हो ।

यसअघि पुस १३ गते सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले माघ १० गते पूर्ण सुनुवाइ गर्न आदेश दिएको थियो ।

माघ १० गते न्यायाधीशहरु प्रकाश कुमार ढुंगाना र बालकृष्ण ढकालको इजलासमा पेसी तोकिएको भए पनि मुद्दा हेर्न नभ्याइनेको सूचीमा पर्दै आजका लागि सुनुवाइको मिति तोकिएको थियो ।

पुस १३ गते माथेमाको इजलासले रिट निवेदकले अधिकारीलाई गभर्नर पदमा नियुक्त गर्ने निर्णय बदर गर्न माग गरेकोमा सो सन्बन्धमा पूर्ण सुनुवाइबाट निर्णय हुनु पर्ने देखिने आदेश गरेको थियो ।

सर्वोच्च अदालतले गभर्नर अधिकारी निलम्बनका विषयको फाइल पनि सँगै पेस गर्न आदेश गरेको थियो। त्यसै अनुरूप दुवै विषयको सुनुवाई एकै पटक गर्ने निर्णय भएको थियो।

यसअघि सरकारले २०७८ चैत २५ गते अधिकारीलाई गभर्नरबाट निलम्बन गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णयविरुद्ध अधिकारीले दायर गरेको रिटमा २०७९ वैशाख ६ गते सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्