नेपालले यू–१९ विश्वकपमा पहिलो पटक अफगानिस्तानसँग खेल्दै

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं , ११ माघ। नेपालले आईसीसी यू–१९ विश्वकप २०२४ मा आफ्नो समूह चरणको अन्तिम खेल शुक्रबार अफगानिस्तानसँग खेल्दैछ ।

नेपाल र अफगानिस्तानबीचको खेल दिउँसो १:४५ मा बफेलो पार्क इस्ट लन्डनमा सुरु हुनेछ ।

नेपाल र अफगानिस्तानबीचको विजेता टोली सुपर सिक्समा पुग्नेछ । नेपाल न्युजिल्यान्डसँग ६५ रन र पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो ।

अफगानिस्तान पाकिस्तानसँग १८१ र न्युजिल्यान्डसँग १ विकेटले पराजित भएको थियो ।

दक्षिण एसियाका दुई चर्चित यू–१९ टोली नेपाल र अफगानिस्तानले हालसम्म विश्वकपमा भने प्रतिस्पर्धा गरेका छैनन् । त्यसैले शुक्रबार यी दुई टोलीबीच यू–१९ विश्वकपमा पहिलो पटक भेट हुनेछ ।

अफगानिस्तानले २०१० देखि लगातार यू–१९ विश्वकप खेल्दै आएको छ । नेपालले २००० देखिख सुरु गरेको थियो । २००८ सम्म यू-१९ विश्वकप खेले पनि अफगानिस्तानको आगमनसँग नेपाल विश्वकपमा स्थान बनाउन सकेको थिएन । २००८ पछि नेपालले २०१२ र २०१६ मा यू-१९ विश्वकप खेलेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्