त्रिभुवन आर्मी आहा रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, १० माघ ।  विभागीय टोली त्रिभुवन आर्मी क्लब आहा रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार पोखरा रंगशालामा भएको खेलमा आर्मीले राइजिङ स्टार एफसीलाई १–० गोल अन्तरले हराउँदै क्वाटर फाइनलमा स्थान बनाएको हो । आर्मीलाई जित दिलाउन भरत खवासले निर्णायक गोल गरे ।

भरतले खेलको २७ औं मिनेटमा गोल गर्दै टिमलाई जित दिलाए । यसअघि थ्री स्टार क्लब आयोजक सहारा क्लबलाई हराउँदै क्वाटर फाइनलमा पुगिसकेको छ ।

बिहीबार मछिन्द्र र जावलाखेलबीच खेल हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्