आईसीसी यू–१९ विश्वकप : न्युजिल्याण्डले जितका लागि नेपाललाई दियो ३०३ रनको लक्ष्य

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौँ, ७ माघ ।  आईसीसी यू–१९ विश्वकप क्रिकेटको आज (आइतवार) भइरहेको खेलमा न्युजिल्यान्डले नेपाललाई जितका लागि ३०३ रनको लक्ष्य दिएको छ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले ८ विकेट गुमाएर ३०२ रन बनायो।

न्युजिल्यान्डले पहिलो विकेटका रुपमा ओपनर लुक वाट्सनलाई १४ रनको व्यक्तिगत स्कोरमा गुमायो। उनलाई सुवाष भण्डारीले बोल्ड गरे। 

वाट्सन आउट हुँदा न्युजिल्यान्डले ५३ रन बनाएको थियो। दोस्रो विकेटका रुपमा न्युजिल्यान्डले टम जोन्सलाई ३३ रनको व्यक्तिगत स्कोरमा गुमायो।

टमलाई स्पिनर तिलक भण्डारीले बोल्ड गरे। दोस्रो विकेट गुमाउँदा न्युजिल्यान्डले ६६ रन बनाएको थियो।

तेस्रो विकेटका रुपमा ओलिभर टेवटिया शून्य रनमै पेभेलियन फर्किए। उनलाई स्पिनर दिपेश कँडेलले विकेटकिपर उत्तम रंगु थापामगरको हातबाट क्याच गराए। टेवटिया आउट हुँदा न्युजिल्यान्डको स्कोर ६७ रन बनाएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्