एनएमबि बैंकको खुद नाफा १ अर्ब ३७ करोड माथि

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौँ, ७ माघ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा एनएमबि बैंकको खुद नाफा २७.६२ प्रतिशतले घटेर १ अर्ब ३७ करोड ५९ लाख ८७ हजार रुपैयाँमा सीमित भएको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब ९० करोड ११ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घटेको छ भने खराब कर्जा बढेको छ । 

खुद ब्याज आम्दानी १२.३९ प्रतिशतले घटेर ३ अर्ब ७४ करोड २ लाख ४६ हजार रुपैयाँमा सीमित भएको छ । सञ्चालन नाफा पनि २८.०३ प्रतिशतले घटेर १ अर्ब ९५ करोड ६७ लाख ४७ हजार रुपैयाँमा आएको छ । खराब कर्जा ०.६२ प्रतिशतले बढेर २.८६ प्रतिशत पुगेको छ ।

पुस मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७२ पैसाले घटेर १४ रुपैयाँ ९८ पैसामा सीमित भएको छ । चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख ६ हजार रुपैयाँ छ । वितरणयोग्य नाफा भने ९९ करोड ४८ लाख ३० हजार रुपैयाँ ऋणात्मक छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्