प्रधानमन्त्री कपः त्रिभुवन आर्मी,मधेश र सुदूरपश्चिम प्रदेश बिजयी

खबर बुक
  • ख-
  • ख
  • ख+

४ माघ, काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशले नेपाल एपीएफ क्लबलाई पराजित गरेको छ ।

टियु क्रिकेट मैदानमा बिहीबार भएको खेलमा मधेश प्रदेशले एपीएफ क्लबमाथि पाँच विकेटको जित हात पारेको हो । जितको लागि २ सय ४७ रनको लक्ष्य पछ्याएको मधेशले ४८ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । मधेशको जितमा रुपेश सिंह ७२ रनमा नट आउट रहे । पवन सरार्फले ६४ रन बनाए । त्यस्तै निरज यादवले ५२ रन बनाए । एपीएफका रमेश कुर्मी र रोहित पौडेलले २–२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपीएफले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४६ रन बनाएको थियो । एपीएफका ओपनर आसिफ शेखले ५९ बनाएका थिए । कप्तान रोहित पौडेलले ५८ रन बनाएका थिए ।

त्यस्तै मुलपानी क्रिकेट मैदानमा भएको खेलमा त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई ९ विकेटले पराजित गरेको छ । जितको लागि ८९ रनको सामान्य लक्ष्य पछ्याएको आर्मीले ९.५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोशी २४.४ ओभरमा ८८ रनमा अल आउट भएको थियो ।

त्यस्तै प्रतियोगीता अन्तर्गत भैरहवा रंगशालामा भएको खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई १ सय ८ रनले पराजित गर्यो । जितको लागि २ सय २ रनको लक्ष्य पछ्याएको गण्डकी ३०.२ ओभरमा ९३ रनमा अल आउट भयो । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूर निर्धारित ५० ओभरमा २ सय १ रनमा अल आउट भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्