काठमाडौं, २ माघ । ग्लोबल आइएमई क्यापिटलको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मन्दीप लुइँटेल नियुक्त भएका छन्। ग्लोबल आइएमई क्यापिटल ग्लोबल आइएमई बैंकको सहायक कम्पनी हो।
लुइँटेल माघ १ देखि लागू हुने गरी ४ वर्षका लागि सीईओ नियुक्त भएको कम्पनीले जानकारी दिएको हो।
लुइँटेल यसअघि सानिमा क्यापिटलमा इन्भेस्टमेन्ट बैंकिङ प्रमुखका रुपमा कार्यरत थिए। उनले सानिमा क्यापिटलमा साढे ६ वर्ष काम गरेका थिए।
भारतको पुनेबाट एमबीए गरेका उनले काठमाडौं विश्वविद्यालयबाट इन्जिनियरिङमा स्नातकोत्तर हुन्। लुइँटेलसँग मुम्बईस्थित आईसीआईसी बैंकमा करिब डेढ वर्ष क्यापिटल मार्केट÷स्ट्रक्चर्ड फाइनान्स ग्रुपमा म्यानेजरका रुपमा काम गरेको अनुभव छ।











