पीएम कप: गण्डकीले कर्णालीलाई दियो १२३ रनको लक्ष्य

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौँ, २९ पुस । जारी पीएम कपमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई १२३ रनको लक्ष्य दिएको छ । भैरहवा क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिंग गरेको गण्डकी प्रदेशले ४५ ओभरमा ९ विकेट गुमाएर १२२ रन बनाएको हो । मौसम खराब भएपछि यो खेल ४५-४५ ओभर खेलाइएको छ ।

गण्डकीका लागि अमृत गुरुङ र कमल परियारले सर्बाधिक २१-२१ रन बनाएका थिए भने आश्विन रानाले १६, चन्द्र पौडेलले १४ र कप्तान बिपिन खत्रीले १० रन बनाएका थिए । त्यस्तै कर्णालीका बलर अनुज चनारा, दिनेश अधिकारी र दिपेन्द्र रावतले २-२ विकेट लिएका थिए भने प्रकाश जोशी, दिवान पुन र रविन्द्र जोशीले एक एक विकेट लिएका थिए ।

न्युज कारखाना
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्