काठमाडौंबाहिर टाटा मोटर्स फन कार्निभल ३.० हुँदै

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, २६ पुस । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले राजधानीबाहिर टाटा मोटर्स फन कार्निभल ३.० सञ्चालन गर्ने भएको छ।

ग्राहकको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीप्रतिको रुचिलाई लक्षित गरेर कम्पनीले मेला आयोजना गर्ने भएको हो।


कार्निभलमा जुनसुकै ब्रान्डका पुराना गाडीसँग टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सन इभी, टियागो इभीलगायत गाडी साट्न सकिने कम्पनीले बताएको छ।

मेला पुस २७ देखि २९ सम्म उपत्यकाबाहिर टाटा मोटर्सका सोरुम अलास्का मोर्टस बिर्तामोड, सिद्धार्थ कटेज बुटवल, सिप्रदी ट्रेडिङ बुद्धचोक पोखरा र टाउन हल प्लानिङ वीरगञ्जमा आयोजना गरिने कम्पनीले जनाएको छ।

फन कार्निभल ३.० मा टाटा गाडी किन्ने ग्राहकले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क इभी गाडीका लागि फास्ट चार्जर, १ वर्षे अटोप्लस इन्स्योरेन्स, १ वर्षे सवारी कर, एसेसरिज, सरप्राइज गिफ्ट र बम्पर उपहारमा इलेक्ट्रिकल स्कुटर प्राप्त गर्नेछन्।

कार्निभलमा ग्राहकले टाटा मोटर्सका नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादन अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्नेछन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्