राशिद खान भारतविरुद्धको सिरिजमा नखेल्ने

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौँ, २५ पुस । अफगानिस्तानका स्टार अलराउन्डर राशिद खानले भारतविरुद्धको टी–२० सिरिज नखेल्ने भएका छन् ।

टोलीका कप्तान इब्राहिम जाद्रानले राशिद यस सिरिजका लागि फिट नभएको पुष्टि गरेका छन् । भारत र अफगानिस्तानबीचको टी–२० सिरिज बिहीबारदेखि सुरु हुँदैछ । पहिलो खेल मोहालीको आइएस बिन्द्रा स्टेडियममा हुनेछ ।

राशिदले दुई महिनाअघि ढाडको शल्यक्रिया गरेका थिए । उनी टोलीसँग चण्डीगढ पुगे र केही समय बलिङ पनि गरेपनि यस सिरिजमा खेल्नका लागि फिट नभएको र उनलाई म्याच फिट हुन अझै केही समय लाग्ने कप्तान जाद्रानले बताए ।

भारत र अफगानिस्तानबीचको यस सिरिजका खेल जनवरी ११ मा पहिलो, जनवरी १४ मा दोस्रो र जनवरी १७ मा तेस्रो खेल हुने तालिका रहेको छ ।


 न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्