काठमाडौं, २५ पुस । डिसहोम फाइबर नेट नेपालमा सबभन्दा सस्तोमा इन्टरनेट सेवा उपलब्ध गराउने कम्पनी बनेको छ।
नेपालमा इन्टरनेट सेवाप्रदायक (आइएसपिएस) को हालै गरिएको एक अध्ययनले सबभन्दा सहुलियत मूल्यमा सेवादिने कम्पनीमा डिसहोम अगाडि देखिएको हो।
डिसहोमले सबभन्दा कम शुल्कमा २ सय एमबिपिएसको उच्च गतिमा इन्टरनेट सेवा प्रदान गर्दै आएको छ। इन्टरनेट प्रदायक कम्पनीको एक वर्षको शुल्कलाई आधार बनाएर अध्ययन गरिएको थियो। कम्पनीले नेपालमा सबभन्दा छिटो र प्रतिस्पर्धीको तुलनामा कम लागतमा गुणस्तरीय आवासीय इन्टरनेट सेवा प्रदान गर्दै आएको अध्ययनको निष्कर्ष छ।
तुलनात्मक अध्ययनले विभिन्न इन्टरनेट सेवाप्रदायकमध्ये २ सय २ सय एमबिपिएस इन्टरनेट प्याकेजमा डिसहोम फाइबरनेट ग्राहकका लागि सस्तो देखिएको छ। नयाँ जडान गर्ने ग्राहकका लागि डिसहोम फाइबरनेटले सदस्यता शुल्कमा मात्र ११ हजार १५ रुपैयाँको प्याकेज दिँदै आएको छ।
डिसहोम फाइबरनेटले सस्तो र पहुँचयोग्य उच्च स्पिड इन्टरनेट उपलब्ध गराउने प्रतिबद्धताअनुसार सेटअप शुल्क जम्मा ५ सय रुपैयाँ मात्र तोकेको छ। वर्षभरि ग्राहकले ११ हजार १२१ रुपैयाँमा २ सय एमबिपिएसको इन्टरनेट सुविधा लिन सक्छन्।
डिसहोम फाइबरनेटको प्रतिस्पर्धी मूल्य निर्धारण रणनीतिले उच्च गुणस्तरको इन्टरनेट सेवा प्रदान गर्ने प्रतिबद्धतामा कमी नआउने कम्पनीले स्पष्ट पारेको छ।
डिसहोमले ल्याएको ग्राहक केन्द्रित नयाँ रणनीतिले छिटो र भरपर्दो इन्टरनेट सेवाको माग माग बढ्दै गएको अवस्थामा ग्राहकका लागि विकल्प हुन सक्ने विश्वास कम्पनीको छ।











