आगामी आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत पुग्ने विश्व बैंकको प्रक्षेपण

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौ, २४ पुस । दातृ निकाय विश्व बैंकले आगामी आर्थिक वर्ष २०२४/२५ मा नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ।
विश्व बैंकले चालू आवमा नेपालले ३.९ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने प्रक्षेपण गरेको थियो। बुधबार विश्व बैंकद्वारा जारी विज्ञप्तिमा आगामी वर्षमा ५ प्रतिशत वृद्धिदर हासिल हुने प्रक्षेपण गरिएको हो।

नेपालले गत आर्थिक वर्ष २०२२/२३ मा १.९ प्रतिशत आर्थिक वृद्धि हासिल गरेको थियो। भारतले दक्षिण एसियामा भारतले सबभन्दा धेरै ६.५ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण विश्व बैंकको छ।

त्यसपछि क्रमशः बंगलादेशको ५.८ प्रतिशत र माल्दिभ्सले ५.५ प्रतिशत वृद्धिदर हासिल गर्ने बैंकले जनाएको छ। दक्षिण एसियामा नेपाल चौथो स्थानमा रहँदै ५ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने विश्व बैंकको प्रक्षेपण छ ।भुटानले ४.६ प्रतिशत, पाकिस्तान र श्रीलंकाले समान २.४ प्रतिशते वृद्धिदर हासिल गर्ने प्रक्षेपण बैंकले गरेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्