काठमाडौ, २४ पुस । सरकारले सहकारीभित्र देखिएका बेथिति रोक्न शक्तिशाली नियामक निकाय बनाउने भएको छ।
सहकारी संस्थाले भुइँमान्छेको रकम अपलचन गरेर विचल्ली बनाएपछि सरकारले शक्तिशाली नियामक निकाय बनाउन लागेको हो। त्यसका लागि अर्थ मन्त्रालयले गृहकार्य गरिरहेको छ।
सहकारी सञ्चालकले सर्वसाधारण निक्षेपकर्ताबाट उठाएको ठूलो रकम दुरुपयोग गरेर बचतकर्ताको बिचल्ली बनाएपछि सरकारले राष्ट्र बैंकजस्तै शक्तिशाली निकाय बनाउन थालेको हो।
केन्द्रीय बैंकलाई नै सहकारीको नियमन गर्न दिन खोजिएको थियो। तर, केन्द्रीय बैंकले आफ्नो क्षमता नभएको र अपर्याप्त जनशक्तिका कारण सहकारीको नियमन गर्न असजिलो हुने बताएपछि सरकारले नयाँ संस्था जन्माएर सहकारीलाई नियमन गर्न लागेको हो।
काठमाडौं। सरकारले सहकारीभित्र देखिएका बेथिति रोक्न शक्तिशाली नियामक निकाय बनाउने भएको छ। सहकारी संस्थाले भुइँमान्छेको रकम अपलचन गरेर विचल्ली बनाएपछि सरकारले शक्तिशाली नियामक निकाय बनाउन लागेको हो। त्यसका लागि अर्थ मन्त्रालयले गृहकार्य गरिरहेको छ।
सहकारी सञ्चालकले सर्वसाधारण निक्षेपकर्ताबाट उठाएको ठूलो रकम दुरुपयोग गरेर बचतकर्ताको बिचल्ली बनाएपछि सरकारले राष्ट्र बैंकजस्तै शक्तिशाली निकाय बनाउन थालेको हो।
केन्द्रीय बैंकलाई नै सहकारीको नियमन गर्न दिन खोजिएको थियो। तर, केन्द्रीय बैंकले आफ्नो क्षमता नभएको र अपर्याप्त जनशक्तिका कारण सहकारीको नियमन गर्न असजिलो हुने बताएपछि सरकारले नयाँ संस्था जन्माएर सहकारीलाई नियमन गर्न लागेको हो।
वित्तीय संस्थाबारेमा सामान्य ज्ञान समेत नभएका व्यक्तिसँग रकम उठाउने र सञ्चालक मिलेर बचतकर्ताको पैसा दुरुपयोग गरेर कयौंको बिल्लीबाठ बनाएपछि सरकारले दीर्घकालीन उपचार खोज्न लागेको हो।
आफ्नो गाँस काटेर भविष्यका लागि जम्मा गरेको रकम शक्तिकेन्द्रसँग पहुँच बनाएका र राजनीतिक नेतृत्वको संरक्षणमा हुर्किएकाले अपचलन गरेपछि सरकारले बाध्य भएर नयाँ नियामक बनाउन लागेको हो।
न्युज कारखाना











