त्रिशूली जलविद्युत कम्पनीको आज वार्षिक साधारण सभा, लगानीकर्ताको हात खाली

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौ, २४ पुस। त्रिशूली जलविद्युत कम्पनीको मंगलबार वार्षिक साधारण सभा बस्दैछ ।

यस कम्पनीले सभामा लगानीकर्ताहरुलाई लाभांश वितरया नगर्ने भएको छ । कम्पनीको सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।साथै, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते बुक क्लोज गरिसकेको छ ।

त्रिशूली जलविद्युत कम्पनीको सभा आम्रपाली ब्यांक्वेट भाटभटेनी, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

न्युज कारखाना
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्