पञ्चकन्या माई हाइड्रोपावरको आज वार्षिक साधारण सभा

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौ, २४ पुस। पञ्चकन्या माई हाइड्रोपावरको मंगलबार वार्षिक साधारण सभा बस्दैछ ।

हाइड्रोपावरले एकै साथ २ आर्थिक वर्षको साधारण सभा बोलाएको छ । कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन । 

सभामा आर्थिक वर्ष २०७८–७८ र २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक

नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । सभाले सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने १ जना र स्वतन्त्रबाट १ जना सञ्चालक नियुक्ति गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते बुक क्लोज गरिसकेको छ ।

सभा कुपण्डोल ब्यांकेट, कुपण्डोलमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

न्युज कारखाना
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्